मुस्ताङ M प्राकृतिक सौर्न्दर्यको राजधानी
पूर्ण ढकाल
बेनिको बजार जता माया, उतै छ नजर
किरे मिरे जाली रुमाल .
हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङ घुम्ने रहरले पोखरा हुँदै बेनि पुग्दा त्यहाँको मोबाइल पसलमा चर्को स्वारमा यहि गित घन्किरहेको थियो । बेनिको बजारमा नेपालगन्जबाट रिजर्भ गरि लगेको गाडी राखेर स्थानिय सिन्डिकेटयुक्त साधुरो बसमा हामी लाग्यौ करिब ७५ किलोमीटर टाढा जोमसोम बजारतर्फ । दिउँसो १ बजे बेनिबाट गाडी चडेका हामी राती १० बजे पुगयौ जोमसोम बजार । भोक, थाकाई निद्राले पीडित हामी होटलमा खाना खाई सुत्यौ ।
बिहान करिब ५ बजे निद्रा खुल्यो । सिरक येसो उघारेर हेर्दा मलाई पत्यार नै नलाग्ने दृश्य देखापर्यो । साचो हो या चित्र हो जस्तो लाग्यो मलाई । बायाँ तर्फको धवलागिरी हिमालले मुसुक्क हासेर स्वागत गरेजस्तै लाग्यो मलाई । अनुपम सुन्दर हिमालको कोखबाट मैले धवलागिरिलाई प्रणाम गरे । हिमालमाथी सजिएको हिउले मेरो आँखामा आँखा मिलाउदै भर्खरै उदाउदो सुर्यसंग टिलिक्क ट्ल्किदै मेरो ओठ चुम्न खोजेको आभाष भयो । येस्तो हेर्दा मलाई लाज लाग्यो, म अब "म" रहिन, स्वर्ग भन्दा अझै सुन्दर ठाउ पुगेको भान भयो । म यो दृश्यको समागममा स्तलखिल भय । मैले हत्तपत्त मोबाईल निकाले अनि दुईचार फोटो र सेल्फी खिचे ।
बेनि देखि जोमसोम जादा टायर फुस्केपछी
अघिल्लो दिननै बागलुङ आई बिहानै बाग्लुङ कालिकाको दर्शन गरि बेनिको बजार दिउँसो करिब १२:३० बजे आईपुगियो । हामीलाई अब सिन्डिकेटयुक्त गाडिमा यात्रा गर्नु थियो । भ्रर्मणको चाजोपाजो मिलाउने दिब्य सहकारीका सचीव शिव रेग्मीसहित हामी ३ दर्जन जति घुमुवाहरु बेनि देखिको बाटोको यात्रा गर्न लागियो । कालीगण्डकीको तिरैतिरको डरलाग्दो बाटो अनि जति जति साघुरो बाटो आउने उति उति ड्राइभर दाईले स्पिड बाढाउने । जोखिम यात्राले होला येस्तो लाग्थ्यो घरिघरी अब आजको दिननै अन्तिम हो । जति डरलाग्दो सडक भयपनी तेहाको मनमोहक दृश्य चाहिँ कम थियन । मिलेका सेता र झरनायुक्त पहाड, बिचमा छल छल बगेको कालो रङको काली गण्डकी नदि, तातोपानीको कुन्ड, कतै रमाईलो गाउँ त कतै आरु फुलेका राता रुखहरु । करिब ३५ किलोमिटरको यात्रापछी मनाङको घासा पुगियो । सिन्डिकेटको पहिलो टर्मिनल थियो यो । करिब ३ बजेको थियो होला त्यहा पुगेपछि जोमसोमको लागि अर्को गाडी चड्नुपर्ने । गाडी आउन केही समय लाग्ने भनेपछि चिया पिउदै नजिकै को झरना नियाल्दै बसियो । तर बिडम्बना, साझको ६ बज्दा समेत गाडी आयन । सिन्डिकेटको ठुलो मारमा पर्यौ हामीहरु । त्यहाँनै बसौ भनेपनी होटेलहरु छैनन र जोमसोम जान अझै २/३ घन्टाको बाटो छ । बल्ल बल्ल येउटा गाडी आयो । अनि सबै तेस्मै लाग्यौ हामी जोमसोम तर्फ । पुरानो बस, कोचियर यात्रा गर्दै भोकले ब्याकुल थकित शरीरले गर्दा सबैको अनुहारमा हासो उडिसकेको थियो । मार्फा भन्ने ठाउ नजिकै कक्ची र उकालो बाटोमा हामी चढेको गाडीको अगाडीको भागबाट ठुलो आवाज आयो । गाडी कोल्टे पर्यो । अगाडिको चक्का लिस्कियर तेहि अड्कियछ र गाडी लतारियर अडियो । धन्य मुक्तिनाथको कृपाले कसैलाई केही भयन, तुरुन्तै ड्राइभरले अर्को गाडी मगायपछी निद्रा र भोक अनि चिसो हावाले जाडोले कापिरहेका हामी करिब आधा घन्टापछी आयको गाडिमा जोमसोम पुगेयौ ।
जोमसोम देखि कागबेनी पैदल हिंड्दा
जोमसोम एअरपोर्ट नजिकैको "माउन्टेन बृज" होटेलमा कफि पियर कागवेनी तर्फ जाने निर्णय गरियो । कागवेनी जान करिब ११ किलोमिटर रहेछ जोमसोम बाट, हिडेर जादा ३ घन्टा अनि गाडिमा गए ३० मिनेट । हिड्ने बानी नपरेको शरीर, नहिडी सुखै भयन, कारण थियो उहीँ मुस्ताङी सिन्डिकेट प्रथा । या त २/३ घन्टा फेरि गाडी कुर्न पर्ने यात पैदल हिड्न पर्ने । हाम्रो रोजाई यहाँ पैदलनै पर्यो ।
जति हिडेपनी कागबेनी नआउने अनि काली गण्डकीको बगर पनि नसकिने । दायाँ बायाँ अग्ला रुखनभयका हिमालहरुको बिचबाट हाम्रो समूह हिड्यो । तर २ किलोमीटर जति हिडेपछी सबैभन्दा आगाडी रहेको मनै सबैभन्दा पछाडि परेछु । धन्न मलाई साथदिने मेरि जीवनसङिनी सबिता साथीहरू लिला पौडेल र पवनले गर्दा अलि सास आयो । जोमसोमबाट लिलाले ल्यायको स्याउको सुकुटी खादै आगाडी बढदै थियौ । अग्लो न अग्लो निकै भिरालो डाडामा चरन चरिरहेका भेडाहरुलाई हेर्दा मन नै डराउने दृश्य हेरेर सबिता अ~~~~बि भन्दै कहिले चिच्याउथिईन त कहिले नजिकै आउदै गरेको नाक नै ठोक्कने जस्तो नजिकैको सेतो हिउँ परेको हिमालमा चौरी गाई र घोडा लस्करै लागेर हिडिरहेको देखेर हामीहरुको मन फुरुङ हुँदै वा~~ह भन्थेयौ । अनि फेरि क्यामेरा र मोबाईलले सुन्दर दृश्य कैद गर्थेयौ ।
शिबरात्री को दिन, सोमबार को दिन कस्तो
सन्जोग ! सोही दिन मुक्तिनाथको दर्शन गर्ने उदेश्यले कफि बाहेक केही पनि नखाई यसरी हिड्दा पनि भोक प्यास बिर्सेका हामि यसरी प्रकिती सङ समाउदै करिब करिब कागवेनी बजारलाई टाढैबाट देखेयौ । तर हाम्रो शक्ति, सामर्थ्य अब एक पाईला पनि अगाडि बढन नसक्ने भैइसकेको थियो । तेसैले अब गाडी आउला र त्यस्मै जाउला भन्ने आसाले थुचुक्कै बस्यौ । एकछिनमा धुलो उडाउदै टाढाबाट गाडी आएको देख्यौ । करिब ३/४ किलोमीटर बाकी रहेको कागवेनी सम्मको यात्रा तेसैमा पूरा गरियो ।
सुन्दरताले कागबेनि दुलही जस्तै सजिएको रहेछ । सानो र काठै काठले बनेका घरहरू, सानो समतल फाट, दायाँ तर्फ मुक्तिनाथको भिमकाय बिसाल सेताम्य हिमाल, बायातर्फ चिनको नाकाजाने साघुरो बाटो र उजाड अर्को हिमाल, बिचमा रक्सी खाएर मातेजस्तो गरेर बगेको कालीगण्डकी नदि । तेस्को उत्तर तर्फ स्याउ, खुर्पानी र आरुका रुखहरु । यिनै प्राकृतिक सुन्दरताले गर्दा कागबेनि मुक्तिनाथ यात्राको आकर्षण हुने रहेछ । मलाई यहाको मनोरम दृश्य देखेपछि छिन छिनमा फोटो क्लिक गर्दै सुन्दर नेपाललाई कैद गरिरहु लाग्यो आफ्नो क्यामेरामा अनि गरिरहे ।
कागबेनी देखि मुक्तिनाथ भगवानकै भरोसामा
मनमा चुचुरोका देउता, हिन्दुका आस्थाका धरोहर, नेपालीको गौरव मुक्तिनाथलाई दर्शन गर्ने धोको थियो । कागबेनीबाट करिब १० किलोमीटर ठाडै उकालो भिरालो बाटोमा हाडिमा चढी हुईकिनु पर्ने रहेछ । त्यसैले कागबेनीबाट मिनिबस चढी लागियो टाकुरा तर्फ । हिन्दुका भगवानलाई अग्लो भिरालो र टाकुरा नै चाहिने, जति जति हिमालको माथी जान्छौ उति उति अघि देखियका कागबेनी बजार, रहर लाग्दो फाट, फापरको खेती, स्याउ बगान, सेताहिमाल, कालीगण्डकीको बगर तलतिर देखिदै थिय । हामिहरु गाडीमा कठिन भिरमा बनायको कक्ची बाटोमा जाँदै थियौ, अजङका पहाड, ओडारहरु उल्टो दिशामा बढदै जान्थेय । अगिसम्म देखियका सेतै फुलेका हिमाललाई हामिले टाकुराबाट "बड्स भ्यु" अर्थात चराको आखाले जस्तै हेर्दै हेर्दै आगाडी बडिरहेयौ ।
अरु यो ठाउ घुमी फर्कदा खिचियका लोभलाग्दा तस्बिर हेरि दङ पर्थे म । आज आफैले प्रत्यक्ष हेर्न पाउँदा कम्ता खुसी थिईन । यहाको यहि सुन्दरताले तानेर होला ठुलो रहर र समय मिलाएर यहाँ पुग्दा सबै दुःख, भोक, जोखिम हरायर गयो ।
अलिकति १ ईन्चपनि तलमाथि भयो भने त्यो सडकबाट गाडी सैयौ मिटर तल पुग्थ्यो । डरले कायल परेका हामिहरु निलोकालो भयका थियौ । कोहि पनि डरले गर्दा बोल्न सकेका थियनन । मनमनै भगवान पुकार्नु भन्दा अरु उपाय थियन । तेसैबेला मैले आफ्नो सिट्बाट उठेर भने "मुक्तिनाथ बाबाकी", सबैले एउटै स्वरमा भने "जय" ।
मुक्तिनाथ मन्दिरको दर्शन:
मुस्ताङ प्राकृतिक सौर्न्दर्यको राजधानी मात्र होईन यहाको ऐतिहासिक धार्मिक मह्त्वनै बेग्लै छ । यहाँ प्रमुख प्रयट्किय स्थलको रुपमा मुक्तिनाथ बाहेक दामोदर कुन्ड, लोमान्थाङ, तिलिचो ताल, निलगिरी हिमाल, कागबेनी रहेका छन । मुक्तिनाथको दर्शन गर्न गाडिबाट ओर्लेर करिब १ किलोमिटर हिंड्न् पर्ने रहेछ । तर हिड्न नसक्ने या घोडचढीमा रमाउनेका लागि मन्दिर सम्म पुग्न घोडाको ब्यबस्था समेत रहेछ । हामिले पनि घोडाको आनन्दलिदै पुगयौ मन्दिर नजिकै हिमालको ठ्याक्कै टाकुरामा ।
मुक्तिनाथको प्राचीनताको विषयमा बुझ्दै जादा २ हजार बर्ष पुरानो भयको थाहा भयो । तिब्बती भाषामा मुक्तिनाथलाई छु-मिग-ग्या-च्या भनिदोरहेछ । समुन्द्र सतहबाट १३ हजार फिट्को उचाईमा रहेको यस मन्दिरमा पुग्दा हामिलाई सास फेर्न केही गाह्रो भयो । मन्दिरको उत्तर पट्टी रहेका १ सय ८ धाराको चिसो पानीमा नुहाई सबै पापबाट मुक्तिहुने धार्मिक विस्वास रहेकोले हामिले पनि पाप पखाल्यौ ।
मुक्तिनाथको मन्दिर निलगिरी र धवलागिरी हिमाल भन्दा पनि उच्च शिखरमा रहेछ । त्यहा पुगेपछि आफू नेपाली हुनुमा अझै गर्व लाग्यो । यो देश मेरो हो, स्वर्ग पनि येस्को आगाडी फिका छ । सुन्दरताले बाँस गरेको देश हो नेपाल । यी र येस्ता ठाउको समयमा प्रचार प्रसार, यातायात को सुबिधा र सरक्षण गरि सदुपयोग गरियो भने स्वदेशी र बिदेशि प्रयटकको लागि एक प्रमुख गन्तव्य हुने थियो ।
मन्दिरको दर्शनगरि अलितल रहेको बजारमा खाना खाई फेरि सुन्दर तस्बिर क्यामेरामा कैद गर्दै, हिउमा खेल्दै रमायौ । जति हेरेपनी, जताबाटै हेरेपनी, जसरी हेरेपनि सुन्दरता बाहेक केही नदेखिने त्यो ठाउबाट बिदा लिएर आफ्नो कार्यक्षेत्र नेपालगन्ज आउनुनै पर्ने थियो । अन्तत रमाइलो घुमफिरपछी नेपालगन्ज आईयो । तर मन भने उहीँ हिमालपारिका गाउँ मनाङ र मुस्ताङको सुन्दरतामै अज्ञात कबिको तलको कबिताझै अडेको छ ।
नेपाल हाम्रो सभ्यता राम्रो सस्कृती पवित्र ।
प्रकृति हेरौ झन धेरै सुन्दर रहेछ बिचित्र ।।
घुम्न है मलाई बाकीनै छ है मुस्ताङ कन्दरा ।
साईत जुरे पुग्ने म छु है स्वर्गको त्यो धरा ।।