Friday, January 9, 2015

पिडाको बकपत्र

पिडाको बकपत्र
purna dhakal 
-पूर्ण ढकाल-
मनमा खुलदुली मच्चियो भोली रिपोर्टमा के होला भनेर आप्mनो मृत्यु वा जिवनको नतिजा आपैm लिन जानु पर्ने थियो । खान खानमन लागेन तरपनि परिवारको सदस्यले पिर मान्लान भनेरै खाए । कति खाए के खाए याद छैन । सुत्न सकिन रातभर सुत्ने कोशीश गरे मनमा अनेक कुराहरु खेले । आँखा निदाउन सकेन । मनको दुःखमा मेरा आँखा पनि रातभरी जागै रहेर साथ दिए । दुःख मनमा थियो तरपायो आँखाले ।

        बिहान उठे, हिजो जस्तै आप्mनै समयमा सूर्य उदायो तर मन अस्ताएको थियो । मलाई अस्पताल गएर आएको शरिरमा मौलाएको रोगको रिपोर्ट लिनु थियो । कामाण्डौँमा छोरी पुष्पा र ज्वाई दिनेश, भएकोले मलाई ढुक्क थियो छोरी या ज्वाईले हस्पिटल साथै लिएर जानेमा तर अफिस जानै पर्ने व्यवस्थताले वानेश्वर चौकबाट एक्लै बसमा भक्तपुर क्यान्स अस्पताल । बाटोमा नेपालगंजबाट छोरा पूर्णको फोन आयो, बुहारी सविताको फोन आयो, रिपोर्ट लिइसक्नु भयो होला भनेर, छोरलो भन्यो तपाईले न त खैनि खानुभयो न त रक्सी क्यान्सर हुने केही चिज खानु भएकै छैन ढुक्क हुनुहोस रिपोर्टमा त्यस्तो केही आउँदैन । बुहारीले पनि यसै भनिन । मनलाई दूबैको कुराले बुझाउन खोजे तर मानेन । रिपोर्ट के आउने हो चिन्ताले बोल्न सकिन । आप्mनो फाइल बोकेर रिपोर्ट पाउने कोठा नं. १४ मा पुगे रसिद दिए । एकैछिनमा मेरो जिन्दगीको लेखाजोखा पाए । भावीले छैठौ दिनमा लेखेको थिएन मेरो भाग्य त यो ल्याब अफिसरले लेखेको रहेछ, ४९ औँ वर्षमा आएर । ल्याबको रिपोर्ट दिनेले भनेतपाईलाई क्यान्सरले अलिकति छोएको छ । रिपोर्ट हेरे मनमा भक्कानो छुटेर आयो । आँसु मनबाट आयो आँखाबाट आएन ।

        फोन आउने क्रम चलिरहेको थियो । छोरा, छोरी, बुहारी र जिवनसाथी लिलारामजीको । परिवारका सबै सदस्य र लिलारामजी ढुक्क हुनुहुन्थ्यो मरो रिपोर्ट सकारात्मक आउँछ भनेर तर सबैको बुझाई अनुमान गलत आएको थियो । सबै गलत थियो सहि त्यही निर्दयी रिपोर्ट थियो ।




        रिपोर्ट लिए, डाक्टरले जतिसक्दो चाँडो अप्रेशन गनुपर्छ ढिलो नगर्नुहोला भन्नुभयो । हस भनेर हिडे । भक्तपुर क्यान्सर अस्पतालबाट बानेश्वर जानु पर्ने तर कोटेश्वर चौकमै झरे । सबै कुरा चलिरहेको थियो । मोटरसाईकल, गाडी, बस, मान्छेहरु तर मेरो लागी संसार रोकिएजस्तो लग्यो । मान्छेहरु रोड काटीरहेका थिए । भरियाले भारी बोकेका थिए, जुत्ता सिलाउने बाटोको आड लिएर सिलाएका थिए । माथी आकासमा ठूला जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण गर्दै थियो । मेरा जिन्दगी पनि त्यही जहाज जस्तै अवतरण गर्दै गरेको महशुश भयो । नजिकै चुरा पसल देखेर भित्र छिरे सिन्दुर किने, हातभरी पुग्ने चुरा किने लगाए । रातो चुराले दुबै हात भरे,अर्को पसलमा छिरे रातो धोती किने, अर्को पसलबाट कालो चस्मा किने ।लिलारामजीले मलाई जीवनमा हर समय साथ दिनुभयो । वहाँको म ऋणी थिए, त्यसैले वहाँको नाममा सिन्दुर, चुरा रातो कपडा किने, आँखाबाट आँसु बगी रहेको थियो, त्यसलाई लुकाउन कालो चस्मा किने ।
        मेरो स्तनमा देखिएको क्यान्सरको रिपोर्ट मलाइ मृत्युको निमन्त्रणा पत्र दिएजस्तो लाग्यो । मुटु थरथर काप्न थाल्यो । मृत्यु देखि कसलाई डर लागदैन र ? जीव, जनावर, बच्चा, वृद्ध, युवा, महिला, पुरुष, हिजडा, सबैलाई डरलाग्छ । मलाई पनि डर लाग्यो । रिपोर्ट आएपछि एक दुई दिनमै मर्ने हो कि कहिले हो थाहा थिएन, पिडा असाध्यै थियो । लाग्यो मैले किन रक्सी पिइन कहिल्यै ? पिउने बानी भैदिएको भए आज यो पिडा लुकाउन २÷४ बोतल नै पिईदिन्थे र पिडा भुलाउथे । रक्सीमा मात्तिन्थे अनि साहसी बन्थे । तर अब आएर यो गर्न पनि सकिने कुरा थिएन, गरिन । डाक्रटरले स्तनको फेरी अप्रेशन गनुपर्छ जति सक्दो चाडो भन्ने कुराले पारिवारिक छलफल हुँदा तुरुन्तै गर्ने निर्णय गरियो । रिपोर्ट आउने दिन सबै रिपोर्ट सकारात्मक आउँछ भनेर काठमाण्डौँ बाट नेपालगंज जाने टिकट छोराले पहिल्यै सोही दिन बुक गरि सकेकोले नेपालगंज गए । २ दिनको बसाईपछि तेश्रो दिन फेरी लिलारामजी र छोरा पूर्ण सहित काठमाण्डौँ फर्कियौँ ।
        अप्रेशन गर्नै पर्ने, अप्रेशनपछि फेरी केमो थेरापी र रेडियो थेरापी गर्नु पर्ने डाक्टरले भन्नुभयो । जसो जसो डाक्टर तेसै तेसै स्वाँहा गर्नु पर्ने थियो, गरियो । अप्रेशनका लागी तयार गराउन डाक्टरले नर्सलाई अह््राए । सबै कपडा खोलीदिए स्वाङ्ग नाङ्गो पारेर यस्तो लाग्यो मुर्दालाई नाङ्गो पारेरै जलाईन्छ म त जिवित मुर्दा त्यसैले नाङ्गो पारिदै छ, अब मलाई चिरा चिरा पारेर काटिन्छ अनि फ्याकिन्छ । कानको, नाकको गहना निकाल्न लगाए मैले निकाले, हातको चुरा समेत खोल्न लगाए । मलाई चुरा खोल्न मन थिएन तर खुरुक्क खोल्नुस त भन्ने नर्सको आवाजले खोल्न खोजे आएन । हात खुट्टा सुनिएको थियो त्यसैले चुरा आएको थिएन । आखिर फुटाउन प¥यो । यि दृश्य हेरिरहनु भएका लिलारामजी र छोराको आँखा रसाईरहेको देखेको थिए ।

 करिब १ घण्टामा अप्रेशन सकिएछ । मेरो शरीरमा ब्याप्त क्यान्सलाई डाक्टरले प्लाष्टिकको डब्बामा बन्द गरेर परिवारलाई कोसेली दिएछन । अप्रेशन सफल भयो । विस्तारै घाउ पनि निमूल हुँदै गयो । अप्रेशनको २१ औँ दिनपछि केमो थेरापी शुरु गर्नु पर्ने थियो । क्यान्सर अस्पतालमा गेटमा बस्ने पाले देखी क्यान्टीनको साहुजी सम्मका सबै हाम्रा परिवारका सदस्य भएका थिए । नेपालगंज देखि भक्तपुरको यात्रामा विगत २÷३ वर्षमा बुद्ध यअर, एति यअरका सबैले चिन्थे । मेरो परिवार ठूलो बन्दै गएको थियो । मलाई जुन रुपले भएपनि चिन्ने मानिस बढ्दै गएको थिए । मायाको संसारमा बाँच्ने रहर झनझन बढ्नु, बाँचे यसो हुन्थ्यो, उसो गर्थे भन्ने चाहना बढ्दै जाने रैछ । झन सानी २ वर्षकी नातीनी प्रिसाको मायाले त्यस्तै असह्ै बनाएको थियो । 

केयो थेरापी ६ पटक सम्म गर्नु पर्ने थियो । पहिले केमोथेरापी ६९ साल कार्तिक १७ गते गरेपछि नेपालगंज घर फर्किए । घरआएपछि मलाई भेट्न नातेदार, साथी, छिमेकी मलाई चिन्ने जति प्रायः सबै आउनुभयो । कतिले अब ठिक हुन्छ फलानो पनि क्यान्सर भएरै ठिक भएको हो भन्ने उदाहरण दिदै साहसी बन्न सघाँउथे, कति भेट्न आउँदा रुदै आउथे, कति अब डाक्टरले कति दिन भित्र मर्ने हो ? डेट कति दिनको दिएको छ ? भनेर सोध्थे । भेट्न आउनेमा कतिपय सन्चो भएका बेला ठाकठूक परेका मानिस समेत आए, प्रेम दर्शाय । कति आप्mनै भन्नेहरु आए तर झन निराशाजनक कुरा गरेर गए । यसरी भेट्न आउने र जाने क्रम चलिनै रहयो । आजको दिनसम्म पनि चलि रहेको छ ।
        केमो थेरापीले मलाई गलाउँदै लग्यो, केमो थेरापी मन्द विष जस्तै रहेछ । यो औषधी मेरो शरीरमा प्रवेश गराउँदा यस्तो पिडा हुन्थ्यो जुन प्रसव पिडा भन्दा हजारौँ गुणा धेरै हुँदो रहेछ । अजिङगर, विच्छी खतरनाक सर्प, छेपारो, पिप, आदीले बनेको जस्तो लाग्थ्यो । कहिले काही त लाग्यो यो थेरापी गर्नु भन्दा भागेर हिडौँ जस्तो । तर सोचे आखीर भागेर हिडे पनि मर्नु नै छ भने अब सहन्छु जे भएनी होस भनेर सहे । पहिलो र दोश्रो थेरापी सँगसँगै शरीरमा भएका रौँहरु झर्न थाले । कपाल पुरै झरेर टाउको मुडुल्लो भयो । एकाएक खाइलाग्दो शरीर र राता गाला कुरुप बन्यो ।
        शरीरमा रोगसँग लड्न सक्ने क्षमता रहेन । जे खाएपनि बान्ता हुने । फुलफुल, जुस, भात केही खान नै नसक्ने भए । पानीले मात्र नि शरिर बाँच्ने रहेछ कति दिन पानी नै खाएर मात्रै पनि बाँचे । नेपालगंज आउन जान नसक्ने भइयो ।, झत्तपुरमै डेरा लिने निर्णय गरियो । तर रोगी त्यसमाथी क्यान्सर रोगी भनेपछि कोठा पाउनै गाह्रो रहेछ बल्लतल्ल पाइयो । थेरापीकै क्रममा मेरो हर समयमा खयाल गर्ने लिलारामजीले मलाई कुनै कुराको कमी हुन दिनु भएन । क्यान्सर अस्पतालको परिसरमा थुप्रै बिरामी पैसा नभएरै घर फर्केको, उपचारमा लाग्ने औषधी र परिवारको सपोर्ट नभएकोले तडपिएर मृत्यु भएको मेरो आँखाले देख्दथ्यो । तर गर्न केही नसक्ने म विवस प्राणी थिए । थुप्रै पैसा खर्च हुने यो रोगको उपचारमा अलिकति पनि कन्जुस्याई गर्नै हुँदैन भन्ने छोरा पूर्ण र बुहारी सविताको समझदारी र उदारताले आपूmलाई मैले भाग्यमानी सम्झन्छु ।      
        मलाई पाँचौ पटकको र छैटो पटकको किमो थेरापीले असध्यै पिडा दियो । २०६९।११।३ गते मेरो पिडा हेर्न सुर्खेतबाट काठमाण्डौँ आएकी मेरी दिदीले मलाई हरेक पल साथ दिइन । सानो हुँदा मलाई खेलाउने, फुलाउने दिदी म ५ वर्षको हुँदा ढुंगाले ठेस लागी रोएको बेला जसरी मलमपट्टी गरेकी थिइन त्यही माया र ममताले मलाई ५० वर्षको उमेरमा पनि गरिन । पहिलो पटक काठमाण्डौँ आएकी दिदीलाई पहिलो पटक कुर्था सुरवाल लगाएर पशुपति, दक्षिणकाली घुम्ने मन रहेछ । तर मेरो पिडाले उनलाई यति पोलेछ कि उनी कतै गइनीन । सिलाई लिएर आएको नयाँ कर्था सुरवाल झोलामा राखी पुरानै धोती लगाएर सुर्खेत फर्किन ।
        असैथ पिडा भएपनि काल नआई मरिदो रहेनछ । त्यसैले आजसम्म बाँचेको छु । छोरा पूर्णले मेरो अगाडी आजसम्म एक थोपा आँसु झारेको छैन, उसले सधैँ भन्छ तपाईको उमेरकै नायिका मनिषा कोइरालालाई पनि तपाईसँगै क्यान्सर भएको हो । साथै केमो थेरापी, रेडियो थेरापी भयो । अहिले ठिक भएर नयाँ फिल्ममा कम्मर मर्काएर नाच्ने भइसकीन । किन डराउनु हुन्छ ? केहि पनि हुँदैन । उसले मलाई यस्तै आश्वाशन दिइरहन्छ । उसको कुरा सधै यस्तै हुन्छ मदन कृष्ण श्रेष्ठको श्रीमती, अहिलेका प्रधानमन्त्री शुशिल कोइराला सबै बाँचेका छन तपाईपनि बाँच्नुहुन्छ । उसले पनि उनै व्यक्तिहरुको तुलना गरेर मन बुझाउँछ होला आँखाबाट आँसु नझारेपनि ।
        रेडिया थेरापीको लाईन लाग्दा भक्तपुर क्यान्सर अस्पतालकै एकजना श्रेष्ठ थरकी नर्स लाई मैले भने नानी साह््रै गाह्रो हुँदो रहेछ के गर्नु हेरन उनले अलि रुखो स्वरमा फर्काइन यस्तो सबैलाई हुन्छ, सहनु पर्छ । तर सहन धेरै गाह्रो हुन्छ भन्ने उनले बुझेकी थिइनन । यो सहन गर्न यति गाह्रो हुन्छ कि मैले सबैभन्दा ठूलो सत्रुलाई श्राप दिन प¥यो भनेपनि तलाई क्यान्सर होस भन्ने छैन र कसैलाई नहोस भन्ने पनि चाहन्छु ।
        रेडियो थेरापी पनि सकियो, डाक्टरले मलाई तीनतिन महिनामा नियमित चेक गराउन आउनु पर्ने भन्नु भएको छ । अहिले नियमित चेक जाँचकै क्रममा छु । अस्तिको पटक चेक गराउन जाँदा कपाल मुडुल्लो परेको शरिर दुब्लो पातलो एउटा २५÷२६ कि महिलालाई चिने जस्तो लाग्यो । राम्ररी हेरे ति महिला त्यही कार्यरत उनै श्रेष्ठ थरकी नर्स थिइन । मन रोयो । रोगले उमेर, पेशा केही नभन्ने रहेछ । उनलाई पनि क्यान्सर भएको रहेछ मलाई हेर्दै उनले भनिन त्यो दिन सहन गाह्रो हुन्छ भन्नु भएको थियो दिदी आज मौले भोगे यति भन्दै आँसु खसालीन । 

आजभोली मेरो दिनचर्या रमाइलो छ । मैले आत्मविश्वासका साथ बाँचेको छु । आशा हारेको भए उहिल्यै मरिसक्थे होला । तर दिनचर्या फेरेको छु । घरमा खाना बनाउन, नातीनी खेलाउन सक्छु । नाती रचित सँग लडीबुढी गर्छु । अब यस्तो लाग्न थाल्यो कि अब म फेरी जन्मीएको हुँ । बाँचुन्जेल अब रमाएरै बाँच्ने छु र यति चाहन्छु कसैलाई क्यान्सर नहोस, भएमा पनि आत्मविश्वास मेरो झै बनाउनुस, कमजोर मनले हरेक क्षण बाँचेर पनि मरे जस्तै बनाउन सक्छ तर मर्नु त सबैको एकदिन निश्चित छ बाँचेर हासेरै मरौं ।

(यो वास्तविक अनुभव पूर्ण ढकालले  आमा सिता ढकालसँगको कुराकानीको आधारमा तयार पारिएको हो । क्यान्सर रोगी र परिवारको मनोबल बढाउन कथा सक्षम हुनेछ भन्ने विश्वास रहेकोछ)







Wednesday, January 7, 2015

रोमान्चित लण्डन बृज



 रोमान्चित लण्डन बृज







अलि अलि गर्मी सुरु थियो लन्डनमा; मेरो रूमबाट करिब २५ मिनेट मा पुगिने यो पूल मा खाना खायर करिब राती को 9 बजे पुगियो । मलाई नेपालमै हुदा राती को बेला लण्डन बृज हेर्ने रहर। यहाँ को मनोरम दृश्यले मलाई मोहित बनायो । कारण थियो येस्को सुन्दरता ! दिउसोमा खुल्ने र बन्द हुने अदभूत यो पूल राती बत्ती को चमक ले झन रोमान्चित पार्दो रहेछ ।










चौबिसै घन्टा ओहोरदोहोर गर्ने पानी जहाज; आइस्कृम खाने जोडीहरु; सान्दार होटलहरु यहाँ को आकर्षक हुन । जुन हेरेर मन आनन्द हुन्छ










 

चराले जस्तै हावामा ...

चराले जस्तै हावामा ...

purna-dhakalपूर्ण ढकाल। जहाँ घुम्ने इच्छा, त्यहाँ उपाय हुन्छ। जसलाइ घुम्ने इच्छा नै हुदैन उसलाई अनेक बहानाले रोक्छ। गर्मीले, जाडोले, अफिसले, कामले, पानीले, बादलले, पैसाले जे कुराले पनि रोकिदिन सक्छ। तर इच्छाशक्ति भयमा अरुकुरा छोडेर त होईन, ब्यबस्थापन मिलायर पनि घुम्न जान सकिन्छ।
घुम्नु मेरो शोख हो। नेपालका अधिकांश परिबेस र गाऊ घुमेको अनुभव छ मेरो। मलाइ घुम्न बहाना चाहिन्छ। बहाना बनाएरै पनि घुम्छु,त्यसैले केही कुराले पनि मलाई छेक्दैन/रोक्दैन।
हामी युरोप अमेरिकाको चिल्ला सडक र घरहरु हेरेर लोभिन्छौ। उनिहरु हाम्रो संस्कृती,रितिरिवाज हेरेर लोभिन्छन्। हामी उनिहरुको भौतिकबादमा लोभिन्छौ, उनिहरु हाम्रो प्राकृतिकतामा लोभिन्छन्। तर जीत हामीतिरै पर्छ।
मैले नेपालको सुन्दरतालाई चराको आखाले जस्तै नियालेको छु-सुन्दर शहर पोखराको आकासबाट। प्याराग्लाडिङ गर्दा सारङ्कोटको डाडाबाट माछापुच्छ्रेलाई नजिकैबाट स्पर्श गरेको छु। चराजस्तै उड्दा पखेरा,पाखो,नदी,गुम्बा, फेवाताल, हिउँ परेको सुन्दर हिमाल यस्तो दृश्यको मजा लिएको छु। प्याराग्लाडिङ गर्दा गिद्द, डांफेले हामीजस्तै को रहेछन भनेर नजिकै आइ हेर्दा रहेछन्। चराहरुले उडेर लिने मस्ती आफुले गर्न पाउँदा झन रोमान्चित भैदोरहेछ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल हिंड्दा,गुड्दा,उड्दा जसरी हेर्दापनी रमाइलो छ । पोखरामा प्याराग्लाडिङ, भोटेकोसीमा बन्जीजम्प, कर्णालीमा र्‍र्याफ्टिङ, त्रिसुलिको तिरैतिर बस, बाइकमा यात्रा गर्दा जसरि पनि रमाइलो छ नेपाल। मैले जुम्लाको राजिकोट्मा फलेको खुर्सानी र स्याउ, गोर्खाको मनकामना जादाको उकालोमा फलेको सुन्तला, सुर्खेतको रानिमत्तामा फलेको काफल र ऐसेलु चाखेको छु। जाजरकोटमा जादा चटनी र लोकल माछा खाएको, इलाममा तोङवा पिएको, धनकुटाको हिलेमा नास्पाती खाएको, दैलेखी मैयाले बुनेको सुइटर लाएको बिर्सन सकिदैन। त्यसैले नेपालका हरेक ठाँउ घुमिरहन मन लाग्छ। अझै घुम्न मन लोभ्याइरहन्छ।