चराले जस्तै हावामा ...

घुम्नु मेरो शोख हो। नेपालका अधिकांश परिबेस र गाऊ घुमेको अनुभव छ मेरो। मलाइ घुम्न बहाना चाहिन्छ। बहाना बनाएरै पनि घुम्छु,त्यसैले केही कुराले पनि मलाई छेक्दैन/रोक्दैन।
हामी युरोप अमेरिकाको चिल्ला सडक र घरहरु हेरेर लोभिन्छौ। उनिहरु हाम्रो संस्कृती,रितिरिवाज हेरेर लोभिन्छन्। हामी उनिहरुको भौतिकबादमा लोभिन्छौ, उनिहरु हाम्रो प्राकृतिकतामा लोभिन्छन्। तर जीत हामीतिरै पर्छ।
मैले नेपालको सुन्दरतालाई चराको आखाले जस्तै नियालेको छु-सुन्दर शहर पोखराको आकासबाट। प्याराग्लाडिङ गर्दा सारङ्कोटको डाडाबाट माछापुच्छ्रेलाई नजिकैबाट स्पर्श गरेको छु। चराजस्तै उड्दा पखेरा,पाखो,नदी,गुम्बा, फेवाताल, हिउँ परेको सुन्दर हिमाल यस्तो दृश्यको मजा लिएको छु। प्याराग्लाडिङ गर्दा गिद्द, डांफेले हामीजस्तै को रहेछन भनेर नजिकै आइ हेर्दा रहेछन्। चराहरुले उडेर लिने मस्ती आफुले गर्न पाउँदा झन रोमान्चित भैदोरहेछ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल हिंड्दा,गुड्दा,उड्दा जसरी हेर्दापनी रमाइलो छ । पोखरामा प्याराग्लाडिङ, भोटेकोसीमा बन्जीजम्प, कर्णालीमा र्र्याफ्टिङ, त्रिसुलिको तिरैतिर बस, बाइकमा यात्रा गर्दा जसरि पनि रमाइलो छ नेपाल। मैले जुम्लाको राजिकोट्मा फलेको खुर्सानी र स्याउ, गोर्खाको मनकामना जादाको उकालोमा फलेको सुन्तला, सुर्खेतको रानिमत्तामा फलेको काफल र ऐसेलु चाखेको छु। जाजरकोटमा जादा चटनी र लोकल माछा खाएको, इलाममा तोङवा पिएको, धनकुटाको हिलेमा नास्पाती खाएको, दैलेखी मैयाले बुनेको सुइटर लाएको बिर्सन सकिदैन। त्यसैले नेपालका हरेक ठाँउ घुमिरहन मन लाग्छ। अझै घुम्न मन लोभ्याइरहन्छ।
No comments:
Post a Comment