पिडाको बकपत्र
मनमा खुलदुली मच्चियो भोली रिपोर्टमा के होला भनेर आप्mनो मृत्यु वा जिवनको नतिजा आपैm लिन जानु पर्ने थियो । खान खानमन लागेन तरपनि परिवारको सदस्यले पिर मान्लान भनेरै खाए । कति खाए के खाए याद छैन । सुत्न सकिन रातभर सुत्ने कोशीश गरे मनमा अनेक कुराहरु खेले । आँखा निदाउन सकेन । मनको दुःखमा मेरा आँखा पनि रातभरी जागै रहेर साथ दिए । दुःख मनमा थियो तरपायो आँखाले ।
बिहान उठे, हिजो जस्तै आप्mनै समयमा सूर्य उदायो तर मन अस्ताएको थियो । मलाई अस्पताल
गएर आएको शरिरमा मौलाएको रोगको रिपोर्ट लिनु थियो । कामाण्डौँमा छोरी पुष्पा र ज्वाई
दिनेश, भएकोले मलाई ढुक्क थियो
छोरी या ज्वाईले हस्पिटल साथै लिएर जानेमा तर अफिस जानै पर्ने व्यवस्थताले वानेश्वर
चौकबाट एक्लै बसमा भक्तपुर क्यान्स अस्पताल । बाटोमा नेपालगंजबाट छोरा पूर्णको फोन
आयो, बुहारी सविताको फोन आयो, रिपोर्ट लिइसक्नु भयो होला भनेर, छोरलो भन्यो तपाईले न त खैनि खानुभयो न त रक्सी क्यान्सर
हुने केही चिज खानु भएकै छैन ढुक्क हुनुहोस रिपोर्टमा त्यस्तो केही आउँदैन । बुहारीले
पनि यसै भनिन । मनलाई दूबैको कुराले बुझाउन खोजे तर मानेन । रिपोर्ट के आउने हो चिन्ताले
बोल्न सकिन । आप्mनो फाइल बोकेर रिपोर्ट
पाउने कोठा नं. १४ मा पुगे रसिद दिए । एकैछिनमा मेरो जिन्दगीको लेखाजोखा पाए । भावीले
छैठौ दिनमा लेखेको थिएन मेरो भाग्य त यो ल्याब अफिसरले लेखेको रहेछ, ४९ औँ वर्षमा आएर । ल्याबको रिपोर्ट दिनेले भने–“तपाईलाई क्यान्सरले अलिकति छोएको छ ।” रिपोर्ट हेरे मनमा भक्कानो छुटेर आयो । आँसु मनबाट आयो
आँखाबाट आएन ।
रिपोर्ट लिए,
डाक्टरले जतिसक्दो चाँडो अप्रेशन गनुपर्छ ढिलो नगर्नुहोला भन्नुभयो । हस भनेर हिडे
। भक्तपुर क्यान्सर अस्पतालबाट बानेश्वर जानु पर्ने तर कोटेश्वर चौकमै झरे । सबै कुरा
चलिरहेको थियो । मोटरसाईकल, गाडी, बस, मान्छेहरु तर मेरो लागी
संसार रोकिएजस्तो लग्यो । मान्छेहरु रोड काटीरहेका थिए । भरियाले भारी बोकेका थिए, जुत्ता सिलाउने बाटोको आड लिएर सिलाएका थिए । माथी आकासमा
ठूला जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण गर्दै थियो । मेरा जिन्दगी पनि त्यही जहाज
जस्तै अवतरण गर्दै गरेको महशुश भयो । नजिकै चुरा पसल देखेर भित्र छिरे सिन्दुर किने, हातभरी पुग्ने चुरा किने लगाए । रातो चुराले दुबै हात
भरे,अर्को पसलमा छिरे रातो
धोती किने, अर्को पसलबाट कालो चस्मा
किने ।लिलारामजीले मलाई जीवनमा हर समय साथ दिनुभयो । वहाँको म ऋणी थिए, त्यसैले वहाँको नाममा सिन्दुर, चुरा रातो कपडा किने, आँखाबाट आँसु बगी रहेको थियो, त्यसलाई लुकाउन कालो चस्मा
किने ।
मेरो स्तनमा देखिएको क्यान्सरको रिपोर्ट मलाइ मृत्युको
निमन्त्रणा पत्र दिएजस्तो लाग्यो । मुटु थरथर काप्न थाल्यो । मृत्यु देखि कसलाई डर
लागदैन र ? जीव, जनावर, बच्चा, वृद्ध, युवा, महिला, पुरुष, हिजडा, सबैलाई डरलाग्छ । मलाई
पनि डर लाग्यो । रिपोर्ट आएपछि एक दुई दिनमै मर्ने हो कि कहिले हो थाहा थिएन, पिडा असाध्यै थियो । लाग्यो मैले किन रक्सी पिइन कहिल्यै
? पिउने बानी भैदिएको भए आज यो पिडा लुकाउन २÷४ बोतल नै पिईदिन्थे र पिडा भुलाउथे । रक्सीमा मात्तिन्थे
अनि साहसी बन्थे । तर अब आएर यो गर्न पनि सकिने कुरा थिएन, गरिन । डाक्रटरले स्तनको फेरी अप्रेशन गनुपर्छ जति सक्दो
चाडो भन्ने कुराले पारिवारिक छलफल हुँदा तुरुन्तै गर्ने निर्णय गरियो । रिपोर्ट आउने
दिन सबै रिपोर्ट सकारात्मक आउँछ भनेर काठमाण्डौँ बाट नेपालगंज जाने टिकट छोराले पहिल्यै
सोही दिन बुक गरि सकेकोले नेपालगंज गए । २ दिनको बसाईपछि तेश्रो दिन फेरी लिलारामजी
र छोरा पूर्ण सहित काठमाण्डौँ फर्कियौँ ।
अप्रेशन गर्नै पर्ने, अप्रेशनपछि फेरी केमो थेरापी र रेडियो थेरापी गर्नु पर्ने डाक्टरले भन्नुभयो ।
जसो जसो डाक्टर तेसै तेसै स्वाँहा गर्नु पर्ने थियो, गरियो । अप्रेशनका लागी तयार गराउन डाक्टरले नर्सलाई अह््राए । सबै कपडा खोलीदिए
स्वाङ्ग नाङ्गो पारेर यस्तो लाग्यो मुर्दालाई नाङ्गो पारेरै जलाईन्छ म त जिवित मुर्दा
त्यसैले नाङ्गो पारिदै छ, अब मलाई चिरा चिरा पारेर
काटिन्छ अनि फ्याकिन्छ । कानको, नाकको गहना निकाल्न लगाए
मैले निकाले, हातको चुरा समेत खोल्न
लगाए । मलाई चुरा खोल्न मन थिएन तर “खुरुक्क खोल्नुस त” भन्ने नर्सको आवाजले खोल्न खोजे आएन । हात खुट्टा सुनिएको थियो त्यसैले चुरा आएको
थिएन । आखिर फुटाउन प¥यो । यि दृश्य हेरिरहनु
भएका लिलारामजी र छोराको आँखा रसाईरहेको देखेको थिए ।
करिब १ घण्टामा
अप्रेशन सकिएछ । मेरो शरीरमा ब्याप्त क्यान्सलाई डाक्टरले प्लाष्टिकको डब्बामा बन्द
गरेर परिवारलाई कोसेली दिएछन । अप्रेशन सफल भयो । विस्तारै घाउ पनि निमूल हुँदै गयो
। अप्रेशनको २१ औँ दिनपछि केमो थेरापी शुरु गर्नु पर्ने थियो । क्यान्सर अस्पतालमा
गेटमा बस्ने पाले देखी क्यान्टीनको साहुजी सम्मका सबै हाम्रा परिवारका सदस्य भएका थिए
। नेपालगंज देखि भक्तपुरको यात्रामा विगत २÷३ वर्षमा बुद्ध यअर, एति यअरका सबैले चिन्थे । मेरो परिवार ठूलो बन्दै गएको
थियो । मलाई जुन रुपले भएपनि चिन्ने मानिस बढ्दै गएको थिए । मायाको संसारमा बाँच्ने
रहर झनझन बढ्नु, बाँचे यसो हुन्थ्यो, उसो गर्थे भन्ने चाहना बढ्दै जाने रैछ । झन सानी २ वर्षकी
नातीनी प्रिसाको मायाले त्यस्तै असह्ै बनाएको थियो ।
केयो थेरापी ६ पटक सम्म गर्नु
पर्ने थियो । पहिले केमोथेरापी ६९ साल कार्तिक १७ गते गरेपछि नेपालगंज घर फर्किए ।
घरआएपछि मलाई भेट्न नातेदार, साथी, छिमेकी मलाई चिन्ने जति प्रायः सबै आउनुभयो । कतिले अब
ठिक हुन्छ फलानो पनि क्यान्सर भएरै ठिक भएको हो भन्ने उदाहरण दिदै साहसी बन्न सघाँउथे, कति भेट्न आउँदा रुदै आउथे, कति अब डाक्टरले कति दिन भित्र मर्ने हो ? डेट कति दिनको दिएको छ ? भनेर सोध्थे । भेट्न आउनेमा कतिपय सन्चो भएका बेला ठाकठूक
परेका मानिस समेत आए, प्रेम दर्शाय । कति आप्mनै भन्नेहरु आए तर झन निराशाजनक कुरा गरेर गए । यसरी
भेट्न आउने र जाने क्रम चलिनै रहयो । आजको दिनसम्म पनि चलि रहेको छ ।
केमो थेरापीले मलाई गलाउँदै लग्यो, केमो थेरापी मन्द विष जस्तै रहेछ । यो औषधी मेरो शरीरमा
प्रवेश गराउँदा यस्तो पिडा हुन्थ्यो जुन प्रसव पिडा भन्दा हजारौँ गुणा धेरै हुँदो रहेछ
। अजिङगर, विच्छी खतरनाक सर्प, छेपारो, पिप, आदीले बनेको जस्तो लाग्थ्यो । कहिले काही त लाग्यो यो
थेरापी गर्नु भन्दा भागेर हिडौँ जस्तो । तर सोचे आखीर भागेर हिडे पनि मर्नु नै छ भने
अब सहन्छु जे भएनी होस भनेर सहे । पहिलो र दोश्रो थेरापी सँगसँगै शरीरमा भएका रौँहरु
झर्न थाले । कपाल पुरै झरेर टाउको मुडुल्लो भयो । एकाएक खाइलाग्दो शरीर र राता गाला
कुरुप बन्यो ।
शरीरमा रोगसँग लड्न सक्ने क्षमता रहेन । जे खाएपनि बान्ता
हुने । फुलफुल, जुस, भात केही खान नै नसक्ने भए । पानीले मात्र नि शरिर बाँच्ने
रहेछ कति दिन पानी नै खाएर मात्रै पनि बाँचे । नेपालगंज आउन जान नसक्ने भइयो ।, झत्तपुरमै डेरा लिने निर्णय गरियो । तर रोगी त्यसमाथी
क्यान्सर रोगी भनेपछि कोठा पाउनै गाह्रो रहेछ बल्लतल्ल पाइयो । थेरापीकै क्रममा मेरो
हर समयमा खयाल गर्ने लिलारामजीले मलाई कुनै कुराको कमी हुन दिनु भएन । क्यान्सर अस्पतालको
परिसरमा थुप्रै बिरामी पैसा नभएरै घर फर्केको,
उपचारमा लाग्ने औषधी र परिवारको सपोर्ट नभएकोले तडपिएर मृत्यु भएको मेरो आँखाले
देख्दथ्यो । तर गर्न केही नसक्ने म विवस प्राणी थिए । थुप्रै पैसा खर्च हुने यो रोगको
उपचारमा अलिकति पनि कन्जुस्याई गर्नै हुँदैन भन्ने छोरा पूर्ण र बुहारी सविताको समझदारी
र उदारताले आपूmलाई मैले भाग्यमानी सम्झन्छु
।
मलाई पाँचौ पटकको र छैटो पटकको किमो थेरापीले असध्यै
पिडा दियो । २०६९।११।३ गते मेरो पिडा हेर्न सुर्खेतबाट काठमाण्डौँ आएकी मेरी दिदीले
मलाई हरेक पल साथ दिइन । सानो हुँदा मलाई खेलाउने, फुलाउने दिदी म ५ वर्षको हुँदा ढुंगाले ठेस लागी रोएको बेला जसरी मलमपट्टी गरेकी
थिइन त्यही माया र ममताले मलाई ५० वर्षको उमेरमा पनि गरिन । पहिलो पटक काठमाण्डौँ आएकी
दिदीलाई पहिलो पटक कुर्था सुरवाल लगाएर पशुपति,
दक्षिणकाली घुम्ने मन रहेछ । तर मेरो पिडाले उनलाई यति पोलेछ कि उनी कतै गइनीन
। सिलाई लिएर आएको नयाँ कर्था सुरवाल झोलामा राखी पुरानै धोती लगाएर सुर्खेत फर्किन
।
असैथ पिडा भएपनि काल नआई मरिदो रहेनछ । त्यसैले आजसम्म
बाँचेको छु । छोरा पूर्णले मेरो अगाडी आजसम्म एक थोपा आँसु झारेको छैन, उसले सधैँ भन्छ तपाईको उमेरकै नायिका मनिषा कोइरालालाई
पनि तपाईसँगै क्यान्सर भएको हो । साथै केमो थेरापी, रेडियो थेरापी भयो । अहिले ठिक भएर नयाँ फिल्ममा कम्मर मर्काएर नाच्ने भइसकीन ।
किन डराउनु हुन्छ ? केहि पनि हुँदैन । उसले
मलाई यस्तै आश्वाशन दिइरहन्छ । उसको कुरा सधै यस्तै हुन्छ – मदन कृष्ण श्रेष्ठको श्रीमती, अहिलेका प्रधानमन्त्री शुशिल कोइराला सबै बाँचेका छन
तपाईपनि बाँच्नुहुन्छ । उसले पनि उनै व्यक्तिहरुको तुलना गरेर मन बुझाउँछ होला आँखाबाट
आँसु नझारेपनि ।
रेडिया थेरापीको लाईन लाग्दा भक्तपुर क्यान्सर अस्पतालकै
एकजना श्रेष्ठ थरकी नर्स लाई मैले भने नानी साह््रै गाह्रो हुँदो रहेछ के गर्नु हेरन
उनले अलि रुखो स्वरमा फर्काइन – “यस्तो सबैलाई हुन्छ, सहनु पर्छ ।” तर सहन धेरै गाह्रो हुन्छ
भन्ने उनले बुझेकी थिइनन । यो सहन गर्न यति गाह्रो हुन्छ कि मैले सबैभन्दा ठूलो सत्रुलाई
श्राप दिन प¥यो भनेपनि तलाई क्यान्सर
होस भन्ने छैन र कसैलाई नहोस भन्ने पनि चाहन्छु ।
रेडियो थेरापी पनि सकियो, डाक्टरले मलाई तीन–तिन महिनामा नियमित चेक गराउन आउनु पर्ने भन्नु भएको छ । अहिले नियमित चेक जाँचकै
क्रममा छु । अस्तिको पटक चेक गराउन जाँदा कपाल मुडुल्लो परेको शरिर दुब्लो पातलो एउटा
२५÷२६ कि महिलालाई चिने जस्तो लाग्यो । राम्ररी हेरे ति
महिला त्यही कार्यरत उनै श्रेष्ठ थरकी नर्स थिइन । मन रोयो । रोगले उमेर, पेशा केही नभन्ने रहेछ । उनलाई पनि क्यान्सर भएको रहेछ
मलाई हेर्दै उनले भनिन त्यो दिन सहन गाह्रो हुन्छ भन्नु भएको थियो दिदी आज मौले भोगे
– यति भन्दै आँसु खसालीन ।